औषधि खरिद गर्नुअघि ध्यान दिनुपर्ने कुराहरु

0
172

औषधिको बिक्रि वितरण फर्मासिष्ट या फार्मेसी सहायकबाट हुनु उपयुक्त भएता पनि हाल नेपालमा धेरै कम फर्मासिष्ट तथा फार्मेसी सहायकहरु यस पेशामा संलग्न छन् । हाल औषधि विक्रि वितरण सम्बन्धी तालिम प्राप्त गरी व्यवसायिक मान्यताको प्रमाणपत्र पाएको व्यक्ति आफैले वा नीजको उपस्थितिमा अरु व्यक्तिले औषधि विक्रि वितरण गर्नु पर्ने कानुनी प्रवधान रहेको छ ।

साथै विरामीलाई औषधि दिंदा सो औषधिको प्रयोग सम्बन्धमा सहि सल्लाह दिनु पनि अति नै आवश्यक छ ।

  • अतः जचाउन जादाँ चिकित्सक वा स्वास्थ्यकर्मीसित औषधि प्रयोग गर्ने विधि, जस्तै दिनमा कति पटक खाने, खाना खानु अघि या पछि खाने आदि विभिन्न कुरा राम्ररी सोधेर प्रस्कृस्पनमा सो कुरा प्रस्ट उल्लेख छ या छैन एकिन गर्नु पर्दछ ।
  •  एकभन्दा बढी औषधि एउटै प्रेस्कृप्सनमा भएका बखत अलमलिन सकिने भएकाले औषधिको भाडामा या स्ट्रीपमा खाने तरिका चित्र वा शब्दमा लेख्नाले औषधि सेवन गर्ने तरिकामा गल्ती हुने सम्भावना धेरै कम हुन्छ ।
  • औषधिमा मुल्य छापेको हुने हुनाले नेपाली औषधिको मूल्य छापेको मुल्य भन्दा बढी हुनु हुदैन । सामान्य अवस्थामा भारतीय औषधिको मूल्य पनि छापेको मूल्य भन्दा बढी हुनु हुदैन । तर कुनै अवस्थामा बढी पनि हुने अवस्था भएकाले बढी मुल्यमा विक्रि भएको जानकारी औषधि व्यवस्था विभागमा प्राप्त भएमा सो सम्बन्धमा अनुगमन गरिनेछ ।
  • औषधिको खुद्रा व्यापारीले आफूले थोक विक्रेताबाट औषधि किनेको विल राख्न अनिवार्य भएकाले औषधिको मुल्य निश्चित गर्न कठिनाई छैन । केहि सामान्य लक्षणका लागि प्रयोग हुने औषधि पसलबाट बिना प्रेस्कृप्सन पनि पाइन्छ भने अधिकांश औषधि प्रयोगका लागि विरामी जचाउन अति आवश्यक छ ।

साभार स्तरीय औषधि उपलब्धताका लागि औषधि व्यवस्थापनको स्थिति ः गजेन्द्रबहादुर भूजु

Leave a Reply