भारतले प्रदान गर्यो १० लाख डोज खोप, बिहिबार नेपाल ल्याइने

0
111

बुधबार नेपाल र भारत सरकारले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मलेनमार्फत बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदश त्रिपाठीले भारत सरकारले अनुदानमा १० लाख डोज खोप नेपाललाई प्रदान गरेको बताएका छन् ।

स्वास्थ्यमन्त्री त्रिपाठीले बिहिवार कोरोना भाइरस विरुद्धको खोप ढुवानी गरेर नेपाल ल्याइने बताएका छन् ।

नेपालमा कोरोना महामारि शुरु भएयता पहिलो पटक अनुदानमा भारतबाट खोप आउने भएको हो ।

संयुक्त पत्रकार सम्मेलनमार्फत बोल्दै स्वास्थ्यमन्त्री त्रिपाठीले भारतबाट ल्याइने खोपलाई पारदर्शी रुपमा ढुवानी गरेर वितरण गरिने बताएका छन् ।

“कोरोना विरुद्धको ओप अभियान सफलापूर्वक सञ्चालन गर्ने गरिको सबै तयारी पुरा भएको छ,” उनले भने, “पहिलो चरणमा यो खोप चिकित्सक, स्वास्थ्यकर्मी एम्बुलेन्स चालक, सुरक्षाकर्मी लगायत अग्रपङ्क्तिमा खट्ने कर्मचारीलाई प्रदान गरिनेछ ।”

Leave a Reply