काठमाडौंमै निशुल्क ओपिडि, ल्याब परिक्षणमा २० प्रतिशत छुट

0
46

काठमाडौंको एक नीजि क्लिनिकले सर्वसाधारणका लागि निःशुल्क ओपिडि सेवा संञ्चालमा ल्याएको छ ।

काठमाडौंको सोरखुट्टेको नयाँ बजारमा रहेको करुणा सिटि क्लिनिकले प्रत्येक शनिवारका दिन निःशुल्क ओपिडि संञ्चालनमा ल्याएको हो ।

भोली पुष ९ गते शनिवारका दिन क्लिनिकले निःशुल्क ओपिडि संञ्चालन गर्दैछ ।

क्लिनिकले निःशुल्क ओपिडि सेवा लिन नाम दर्ताका लागि सार्वजनिक आह्वान समेत गरिसकेको छ ।

यस्तै, क्लिनिकले निःशुल्क ओपिडिसँगै सबै खाले ल्याब परिक्षण, एक्सरे, एसिजी तथा इको र अल्टासाउण्डका लागि २० प्रतिशत छुट दिने अफसर समेत ल्याएको छ ।

करुणा सिटि क्लिनिकले हरेक शनिवार निःशुल्क ओपिडि सेवा संञ्चालन गरिरहेको जनाएको छ ।

शनिवार हुने ओपिडिमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. आयुष बज्राचार्य, मधुमेह तथा थाइरोइड रोग विशेषज्ञ डा. सुमन सिमखडा र जनरल मेडिसिनका विशेषज्ञ डा. समिर अख्तरले सेवा दिनेछन् ।

क्लिनिकले दिने यो विशेष सेवा करुणा सिटि क्लिनिक रहेको सोह्रखुट्टे नयाँ बजारमा रहेको रसप भवनको प्रांगणमा हुनेछ ।

क्लिनिकले थप जानकारिका लागि ०१४३८०७४२ मा सम्पर्क गर्न आह्वान गरेको छ ।

Leave a Reply