तीन हजार भायल रेमडिसिभिर औषधी नेपाल भित्रियो, कुन–कुन अस्पतालमार्फत हुँदैछ वितरण?

0
135
तस्वीरः सटरस्टक डटकम

सरकारले २१ बैशाख २०७८ मा कोरोना संक्रमितको उपचारमा उपयोगी देखिएको तीन हजार भायल एन्टीभाइरल रेमडिसिभिर औषधी नेपाल भित्र्याएर अस्पतालहरुलाई वितरण गर्न थालेको छ ।

औषधी व्यवस्था विभागले हाम्रो मेडि कन्र्सन प्राली नामक नीजि सप्लायर्स कम्पनिलाई उक्त औषधी आयात गर्ने अनुमति दिएको थियो ।

अनुमति पाए लगत्तै कम्पनिले बाङ्गलादेशको बेक्सीम्को फर्मास्युटीकल्स कम्पनिले उत्पादन गरेको रेमडिसिभिर मंगलबारसाँझ नेपाल ल्याइएको हो ।

औषधी व्यवस्था विभागले मगलबार सार्वजनिक सुचना जारी गर्दै नेपाल भित्रिएको उक्त औषधी क्रमशः कोरोना विशेष अस्पतालमा वितरण गरिने जनाएको छ ।

विभागका सुचना अधिकारी सन्तोष केसीले उपचारपोष्टसँग कुरा गर्दै उक्त औषधी मंगलबार साँझदेखि नै कोरोना विशेष अस्पतालहरुमा वितरण गर्न थालेको बताएका छन् ।

केसीका अनुसार बिरामीले उक्त औषधी प्रति भायल कोरोना विशेष अस्पतालमार्फत अधिकतम खुद्रा मुल्य रु.४९ सयमा खरिद गर्न सक्छन्् ।

उनले रेमडिसिभिर औषधी सप्लायर्सले अस्पताललाई प्रति भायल करिब रु. ४४ सयमा बिक्रि गरेको बताएका छन् ।
विभागका सुचना अधिकारी केसीले अझै थप ८२ हजार भायल रेमडीसिभिर औषधी खरिद ल्याउने प्रक्रियामा रहेको बताएका छन् ।

रेमडिसिभिर औषधी वितरण गरिने अस्पतालहरुको सूची

तर, रेमडिसिभिर कोरोना संक्रमितको उपचारमा प्रयोग हुने अचुक औषधी होइन ।

विभागले सुचनामार्फत भनेको छ, “सबै प्रकारका कोरोनाका बिरामीका लागि रेमडिसिभिर औषधी आवश्यक नपर्ने र यो अचुक औषधी नभएकाले सिफारिसकर्ता चिकित्सकहरुले समेत उपचार प्रोटोकल अनुसार सिफारिस गरी औषधीको तर्क संगत प्रयोगलाई प्रोत्साहन गर्न विभाग अनुरोध गर्छ ।”

औषधी व्यवस्था विभागले अस्पतालहरुलाई अनिवार्य रुपमा औषधी प्रयोगको विवरण विभाग र आयातकर्ता समक्ष पेश गर्न निर्देशन दिएको छ ।

प्रयोगसम्बन्धी विवरण पेश नगर्ने अस्पताललाई विभागले पुनः औषधी उपलब्ध नगराउने भनेको छ ।

 

Leave a Reply