मातृमृत्यु घटाउने अक्सिटोसिन औषधिको भण्डारण मापदण्डमा कडाइ

0
122

परिवार कल्याण महाखाशाले सुत्केरिले बच्चा जन्माइसकेपछि हुने अत्यधिक रक्तश्रावको समस्या रोक्न प्रयोग गरिदै आएको अक्सिटोसिन इजेक्सनलाई दुईदेखि आठ डिग्रि सेल्सियस तापक्रममा भण्डारण गर्न निर्देशन दिएको छ ।

औषधि व्यवस्था विभागले अक्सिटोसिनलाई रेफ्रिजेरेटरको दुईदेखि आठ डिग्रि सेल्सियस तापक्रपमा राख्न दिएको सुझावपछि महाशाखाले देशभरका सात सय ५३ पालिकाहरुलाई त्यस अनुसार औषधि भण्डारण गर्न निर्देशन दिएको हो ।

विभागको रायपछि स्वास्थ्य मन्त्रालयको सचिव स्तरिय निर्णयपछि अक्सिटोसिनलाई दुईदेखि आठ डिग्रि सेल्सियस तापक्रममा भण्डारण गर्नु पर्ने व्यवस्था लागु गर्न महाशाखाले देशभरका पालिकालाई निर्देशन दिएको छ ।

यसअघि विश्व स्वास्थ्य संघठनले अक्सिटोसिनलाई दुईदेखि आठ डिग्रि सेल्सियस तापक्रममा भण्डारण गर्न दिएको सुझावलाई स्वास्थ्य मन्त्रालयले बाध्यकारि रुपमा लागु गर्ने निर्णय गरेको थिएन ।

मन्त्रालयको निर्णय अनुसार अबदेखि देशभरका स्वास्थ्य संस्था तथा औषधि पसलहरुले अक्सिटोसिनलाई अनिवार्य दुईदेखि आठ डिग्रि सेल्सियस तापक्रपमा भण्डारण गरेर राख्नु पर्ने छ ।

तोकिएको तापक्रममा अक्सिटोसिन भण्डारण गरे वा नगरेको बारे औषधि व्यवस्था विभाग तथा स्थानिय तथा प्रदेश सरकारमार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ ।

परिवार कल्याण महाशाखाका अनुसार अक्सिटोसिन मातृमृत्युदर घटाउने जीवन रक्षक औषधि भएकाले यसको गुणस्तरियता कायम राख्नका लागि तोकिएको तापक्रममा भण्डारण गर्नुपर्छ ।

Leave a Reply