जाडो मौसममा कोठा वा शरिर न्यानो पार्ने क्रममा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको अपिल

0
57

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडो मौसममा शरिर वा कोठा न्यानो पार्ने क्रममा सावधानी अपनाउन सार्वजिनक अपिल जारी गरेको छ ।

मन्त्रालयले आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका काम गर्दा पर्याप्त सावधानी अपनाउन आग्रह गरेको हो ।

स्वास्थ्य मन्त्रालयले जाडो मौसममा यस्तो सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेको भन्दै सावधानी अपनाउन भनेको छ ।

मन्त्रालयले अपिल जारी गर्दै निम्न कुरामा सावधानी अपनाउन भनेको छः

  • हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्ने ।
  • कोइला जन्य स्रोतबाट सकेसम्म आगो नताप्ने ।
  • आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामाग्री नजिकै नराख्ने ।
  • आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउने ।
  • हिटरको प्रयोग गर्दा समय समयमा चलिरहेको हिटरलाई बन्द गर्ने ।
  • सुत्नुअघि अनिवार्य रूपमा हिटर निभाउने ।
  • गिजरको मुख्य मेसिनलाई बाथरूम बाहिर खुला ठाउँमा जडान गर्ने ।
  • गिजर खोलेर लामो समयसम्म बाथरूममा नबस्ने ।

 

 

Leave a Reply