के चीनमा देखिएको कोरोनाको नयाँ प्रजाती नेपालमा पनि देखिएको हो?

0
15

पछिल्ला दिनहरुमा छिमेकी मुलुक चीनमा कोरोना भाइरसको नयाँ प्रजातीका कारण त्यहाँ संक्रमण बढीरहेको छ ।

चीन, भारत लगायतका केही मुलुकमा कोरोना भाइरसको नयाँ प्रजाती बिएपफ ७ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ पुषमा प्रेस विज्ञप्ती जारी गर्दै कोरोनाको नयाँ प्रजाती देखिएको ठाउँबाट आएकाहरुको निगरानी गर्ने र सम्बन्धीत देशहरुसँग समन्वय गर्ने काम गरिरहेको बताएको छ ।

मन्त्रालयले पछिल्लो एक महिनामा कोरोना संक्रमितहरुको नमुना संकलन गरेर गरिएको जीन सिक्वेन्सीगं गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले बताए अनुसार ४८ जनाको नमुना संकलन गरेर जीन सिक्वेन्सीगं गरेर हेर्दा सबैमा कोरोनाको पहिले देखिएकै प्रजाती ओमिक्रोन मात्र भेटिएको छ ।

मन्त्रालयले अहिलेसम्म नेपालमा चीन लगायतका मुलुकमा देखिएको बिएफ ७ प्रजाती नभेटिएको दाबी गरेको छ ।

तर छिमेकी मुलुक चीनमा पछिल्ला दिनहरुमा नयाँ प्रजातीका कारण संक्रमण भने बढ्दो छ । त्यसैले नेपाल पनि यो प्रजातीको भाइरसको संक्रमणको उच्च जोखिममा रहेको भन्दै मन्त्रायले स्वास्थ्य मापदण्ड पालना गर्न र स्वास्थ्य संस्थालाई स्क्रिनिगं र निगरानीको काम गर्न निर्देशन दिएको छ ।

Leave a Reply