स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १८ बैशाखसम्मको तथ्यांक अनुसारमा मुलुकमा नयाँ भेरियन्टको कडा खालको कोरोना भाइरसका ४० हजार १०३ संक्रमित घरमै छन् ।
स्वास्थ्य मन्त्रालयले कोरोनाका ३ हजार ११० संक्रमित संस्थागत आइसोलेसनमा रहेको जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ५ हजार ७६३ जना व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
यससँगै मुलुकभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ । यीमध्ये ४० हजार १०३ जना कोरोना संक्रमित घरमै छन् ।
यो पनि पढ्नुहोस्– नेपालमा कोरोना संक्रमण डरलाग्दो गरि बढेपछि स्वास्थ्य मन्त्रालयद्धारा संवेदनशिल हुन आग्रह
१७ बैशाखमा स्वास्थ्य मन्त्रालयले मुलुकभर कोरोना भाइरसको संक्रमण डरलाग्दो गरी बढीरहेको भन्दै उपचारका लागि अस्पतालको क्षमताले धान्न नसकेको भन्दै स्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न आग्रह गरेको थियो ।
अस्पतालमा वेड अभाव भएपछि अहिले कोरोना संक्रमणका सिकिस्त बिरामीहरु घरै उपचार नपाएर ज्यान गुमाइरहेका छन् ।




