उत्कृष्ट चिकित्सा कार्यविधि बनाउनु पर्नेमा जोड

0
123

भारतमा अध्ययन पुरा गरेका नेपाली डाक्टरहरुको भेला सम्पन्न भएको छ ।
भारतको सरकारि चिकित्सा क्षेत्रमा उत्कृष्ट सेवा र चिकित्सकीय तालिम दिदै आएका अल इन्डिया इन्स्टिच्यूट(एम्स), पोष्ट ग्राजूएट एन्स्टिच्यूट र जीपमरमा अध्ययन गरेका नेपाली स्नातक, स्नातकोत्तर र अन्य तहका चिकित्सकहरुको बहृत एल्मुनाई भेला सम्पन्न भएको हो ।
१४ असोजमा राजधानीमा आयोजना गरिएको उक्त भेलाले भारमा अध्ययन र तालिमका समयमा नेपाली चिकित्सकले पनि अन्य विधार्थी सरह स्टाइपेन्ड पाउने व्यवस्थाको स्वागत गरेको छ ।
भेलाले अन्य देशमा जस्तै नेपालमा पनि उत्कृष्ट चिकित्सा कार्यविधि बनाउनु पर्ने र चिकित्सकले सोही अनुसार अभ्यास गर्नुपर्ने कुरामा जोड दिएको छ ।
उक्त कार्यक्रममार्फत हरेक तीन–तीन महिनामा सामुहिक भेटघाटका माध्यमबाट छलफल, गोष्ठी, स्वास्थ्य सम्बन्धी तालिम र स्वास्थ्य शिविरको आयोजना गरिने जनाइएको छ ।
भेलाले डा. अजय झालाई कार्य समिति अध्यक्ष, डा. दिपसल तिमीलालाई उपाध्यक्ष, डा. सुरेन्द्र आचार्यलाई महासचिव र डा. प्रमोद अग्रवाललाई कोषाध्यक्ष चयन गरेको छ ।

Leave a Reply