सार्क फेडेरेसन अफ अक्टोलोजिस्टस्–नेपालको अध्यक्षमा डा. आचार्य

0
32

सार्क फेडेरेसन अफ अक्टोलोजिस्टस्–नेपालको अध्यक्षमा वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. विवेक आचार्य चयन भएका छन् ।

१६ बैशाखमा गठन भएको नयाँ कमिटिमा वीर अस्पतालको क्यान्सर रोग विभाग प्रमुख समेत रहेका डा. आचार्य अध्यक्षमा चयन भएका हुन् ।

यो सार्क राष्ट्रमा काम गर्ने क्यान्सर रोग विशेषज्ञहरुको छाता संघठन हो । डा. आचार्य यो छाता संघठनको नेपाल शाखाका अध्यक्ष चयन भएका हुन् ।

यस्तै, यो महासंघको उपाध्यक्षमा डा. उज्जवल चालिसे, महासचिवमा डा. गुरु सरण साह र कोषाध्यक्षमा डा. रोशन मिश्र चयन भएका छन् ।

नयाँ गठन भएको महासंघको कमिटिका सदस्यहरुमा डा. सन्ध्या चापागाईँ, डा. कपेन्द्र शेखर अमात्य, डा. रोबिन जोशी, डा. जितेन्द्र परियार, डा. प्रदिप न्यौपाने, डा. अरुण साही डा. विरेन्द्र यादव छन् ।

यसअघि महासंघको अध्यक्षमा डा. राजेन्द्रप्रसाद बराल थिए ।

Leave a Reply