रुइत पदमश्री पदकबाट सम्मानित

0
92

भारतले गणतन्त्र दिवसको पूर्वसन्ध्यामा मोतीविन्दूको कम शुल्कमा शल्यक्रिया गरी एकलाखभन्दा बढी मानिसलाई ज्योति प्रदान गरेका रुइतलाई पदमश्री पदक प्रदान गरेको छ ।
पूर्व घोषणाअनुप आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति कोविन्दले डा.रुइतलाई पदमश्री पदक प्रदान गरेका हुन् ।
डा.रुइत आँखाको शल्यक्रियामा गरेको योगदानको कदरस्वरुप सन् २००६ मा रामोन म्यागासेसे पुरस्कारबाट पनि सम्मानित भएका थिए ।
ताप्लेजुङको ओलाङचुङगोलामा जन्मिएका डा.रुइतका बुबा नेपाल–तिब्बतबीच घोडा र नुनको ब्यापार गर्थे ।
तत्कालीन समयमा उनी ओलाङचुङगोलाबाट १५ दिन हिँडेर दार्जि्लिङ पुगे । सुरुमा उनी दार्जी्लिङको मिसनरी स्कुल सेन्ट रोबर्ट्समा भर्ना भए । सन् १९६२ मा चीन–भारतबीच सीमायुद्ध भएपछि दार्जि्लिङका स्कुल बन्द भए ।
त्यसपछि उनी काठमाडौंको सिद्धार्थ वनस्थलीमा भर्ना भए। उनले सन १९७० मा सिद्धार्थ वनस्थलीबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए ।
रुइत हाल तिलगंगा आँखा अस्पतालमा कार्यरत छन् ।

Leave a Reply