उच्च रक्तचापको रोकथाम र व्यवस्थापन कसरी गर्ने ?

0
141

उच्च रक्तचाप भनेको यस्तो अवस्था हो जसमा रगत प्रवाह हुने रक्तनलीहरूमा चाप बढी हुने गर्दछ । यसले गर्दा रक्तनलीहरूमा क्षति पुग्छ र रक्तनलीहरू बन्द हुने सम्भावना बढाउँछ । अधिकांश बिरामीहरूलाई बढ्दो उमेरसँगै उच्च रक्तचापको समस्या हुने गर्छ । केही अन्य समस्या जसमा उच्च रक्तचाप कम उमेरमै देखिन थाल्छ, यसको कारण अरु नै हुन सक्छ, जस्तो ः मृगौला सम्बन्धी रोग, हर्मोनको गडबडी वा लामो समयसम्म स्टेरोइड जस्ता औषधीको सेवन ।

आफ्नो जीवनशैलीलाई परिवर्तन गरे यसबाट बँच्न सकिन्छ ।

− सन्तुलित आहारमा बढी जोड दिने र आफ्नो स्वस्थ तौललाई कायम राख्ने ।
− खानामा नुनको प्रयोग कम गर्ने र फलपूmल, सागसब्जी र दूधबाट उत्पादित चिल्लो कम भएका सामग्रीहरूको उपभोग प्रशस्त मात्रामा गर्ने
− नियमित शारीरिक व्यायाम गर्ने (हप्ताको कम्तीमा पाँच दिनसम्म हरेक दिन छिटो हिँड्ने, दौडिने, कम से कम ३० मिनेट पौडी खेल्ने) ।
− धुम्रपान नगर्ने ।
१. समयमै चिकित्सकसँग परामर्श लिनुहोस् । चिकित्सकको परामर्शमा पूर्ण शारीरिक जाँच र उचित स्वास्थ्य परीक्षण गराउनुपर्दछ । प्रायःजसो उच्च रक्तचाप बाहेक अन्य असामान्यताको पहिचान हुँदैन र यस्तो अवस्थालाई इसेन्सिएल हाइपरटेन्सन भनिन्छ ।
२. नियमित रूपमा दिनहु औषधी सेवन गर्ने । अन्यथा ती औषधीहरू लाभदायी हुने छैनन् ।
३. उच्च रक्तचापका बिरामील आफ्नो रक्तचापको नियमित जाँच गराइरहनु पर्छ र चिकित्सकको निर्देशन अनुसार समय–समयमा स्वास्थ्य जाँच गराउनु पर्छ । यसो गरेमा तपाईँको रक्तचाप कति घटेको वा बढेको छ भन्ने कुरा थाहा पाउन सकिन्छ र त्यस अनुसार चिकित्सकले औषधि सिफारिस गर्छन् ।
४. चिकित्सकको सल्लाहबिना तपाईले औषधि सेवन नगर्नुहोस् ।
५. यदि औषधीका कारण केही प्रतिकूल असर भएमा, यसबारेमा आफ्नो चिकित्सकसँग सम्पर्क गर्नुहोस् ।

स्रोत ः स्वास्थ्य मन्त्रालय

Leave a Reply