यो हप्ता मुलुकमा कोरोना संक्रमण १३६.८ प्रतिशतले बढ्यो

0
104

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १९ बैशाख २०७८ को तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मुलुकमा ७ हजार १३७ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमार्फत पछिल्लो २४ घण्टामा ७ हजार १३७ जना कोरोना संक्रमित भएको जानकारि दिएका हुन् ।

१६ हजार १४७ जनाको पिसिआरमार्फत परिक्षण गर्दा ७ हजार ३१७ जना कोरोना संक्रमित भेटिएका हुन् ।
डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा २७ जना व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

जनस्वास्थ्य विज्ञ डा. विराज कर्मचार्यले मन्त्रालयको प्रेस बिफ्रिङमार्फत मुलुकमा कोरोना संक्रमण अघिल्लो हप्ताको तुलनामा यो हप्ता(पछिल्लो सात दिन) १३७.८ प्रतिशतले बढेको बताएका छन् ।

यसले मुलुकमा कोरोनाको संक्रमण दर उच्च गतिमा बढीरहेको देखाएको डा. कर्मचार्य बताउँछन् ।

उनका अनुसार कर्णाली र लुम्बिनि प्रदेशमा कोरोना संक्रमण दर उच्च छ ।

डा. कर्मचार्यले लुम्बिनी प्रदेशमा एक जना व्यक्तिले २.९ जना व्यक्तिमा कोरोना सारिरहेको तथ्यांकले देखाएको बताएका छन् ।

तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा कोरोना संक्रमण दर ६१.३ र कर्णालीमा कोरोना संक्रमण दर ६७.९ प्रतिशत छ ।

अहिलेको संक्रमणको दर अनुसार समुदायमा परिक्षण नगरेका धेरै व्यक्ति पनि कोरोना संक्रमित भएको हुनसक्ने उनको भनाई छ ।

अघिल्लो वर्ष जस्तै यो वर्ष पनि सिमावर्ती क्षेत्रबाट संक्रमण बढ्दै जाने र त्यसपछि अन्य ठाउँमा पनि संक्रमण फैलिरहेको छ ।

Leave a Reply