धुलिखेल अस्पतालद्धारा जिपिएस प्रणालीको एम्बुलेन्स सेवा शुरु

0
185

सुरज बिश्वकर्मा

काभ्रेको धुलिखेल अस्पतालले जीपीएस प्रणालीबाट एम्बुलेन्स सेवा सुरु गरेको छ ।

अस्पतालले एम्बुलेन्सलाई सबै क्षेत्रमा सहज तरिकाले उपलब्ध गराउने उद्देश्यले जिपिएस प्रणाली जडान गरेको जनाएको छ ।

एम्बुलेन्स कहाँ छ, कतिबेला कहाँ आइपुग्छ भन्ने बारेमा जिपिएस प्रणालीमार्फत जानकारी पाउन सकिन्छ ।
तोकिएको भन्दा बढि शुल्क लाग्ने नभएकाले आर्थिक स्थिति कमजोर भएकाहरुको हकमा समेत सुबिधा सहितको सेवा प्रयोग गर्न सकिने अस्पतालको दाबी छ ।

अहिले अस्पतालसँग दुई वटा मात्र एम्बुलेन्स संञ्चालनमा छन् । अस्पतालले थप सात वटा एम्बुलेन्स थपेर सेवा विस्तार गर्न लागेको समेत जानकारि दिएको छ ।

यस्तै, सर्वसाधारणको सहजताका लागि अस्पतालले निःशुल्क तीन अङ्कको फोन सेवा समेत समेत संञ्चालनमा ल्याउने भएको छ ।

अस्पतालका अनुसार त्यहि नम्बर प्रयोग गरेर एम्बुलेन्स मगाउन सकिन्छ । तर उक्त नम्बर प्रयोगमा नआउँदा सम्मका लागि अस्पतालले ९८०१००२३५९ नम्बर प्रयोग गर्न अनुरोध गरेको छ ।

Leave a Reply