विश्व स्वास्थ्य संघठनका महानिर्देशक डा. टेड्रोस नेपाल आउँदै

0
33

विश्व स्वास्थ्य संघठनका महानिर्देशक डा. टेड्रोस अधनोम घेब्रिएसस २१ अप्रिलमा नेपाल भ्रमणमा आउने भएका छन् ।

संगठनको संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुसँगको सहकार्य र सहयोग प्रणाली विभागका निर्देशक डा. शम्भु आचार्यले महानिर्देशक टेड्रोस नेपाल आउन लागेको बताएका हुन् ।

आचार्य पनि महानिर्देशक सहितको टोलीमा नेपाल आउँदैछन् । टेड्रोसले नेपाल भ्रमणका क्रममा उच्च सरकारी अधिकारीहरुसँग भेट्ने कार्यक्रम छ ।

उनी दुई दिनका लागि भारतहुँदै नेपाल भ्रमणमा आउन लागेका हुन् ।

Leave a Reply