मृगौलापिडितलाई ३ लाख २० हजार सहयोग

0
9

बेलायतमा बसोबास गरिरहेका केहि मनकारी नेपालीहरुले नेपालमा मृगौला फेल भइ उपचाररत एक व्यक्तिलाई आर्थिक सहयोग गरेका छन् ।

बेलायत निवासी बद्री खनाल नेतृत्वको टोलीले बेलायत बसोबास गरिरहेका केहि मनकारी व्यक्तिहरुद्वारा संखुवासभा खाँदवारी नगरपालिकाका ४५ बर्षिय जीत बहादुर रानालाई आर्थिक सहयोग स्वरुप तीन लाख २० हजार रुपैयाँ सहयोग गरेका हुन्।

विगत ६ महिनादेखी मृगौला पिडित राना काठमाण्डौंको गंगबुस्थित बुलन्द अस्पतालमा डायलासिस सहित उपचार गराइरहेका छन् ।

बेलायतमा संकलित उक्त रकम काठमाण्डौं निवासी मेघराज खनाले अस्पताल पुगेर रानालाई यहि चैत्र ४ गते हस्तान्तरण गरेको जानकारी दिए ।

रानाले उक्त रकम उनको मृगौला फेर्न र त्यसअघि डायलासिसका लागि उपयोग गर्ने खनालले जानकारी दिए । उक्त रकम प्राप्त गरेपछि रानाले खुशी व्यक्त गर्दै भविष्यमा पनि यस किसिमको सहयोगको अपेक्षा गरेको खनालले जानकारी दिए ।

Leave a Reply