बाल क्यान्सरका बिरामी बढ्दै, चिकित्सक भन्छन्, ‘निको पार्न सकिन्छ’

0
77

काठमाडौंस्थित वीस नेपाल फाउन्डेसनको आयोजनामा शुक्रबार बाल क्यान्सर संक्रमण रोकथामसम्बन्धी एक दिने जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।

महाराजगंजको कान्ति बाल अस्पतालमा आयोजना गरिएको उक्त कार्यक्रममा बाल क्यान्सर रोगका बिरामी, आफन्त, चिकित्सक, नर्स र वीस नेपाल फाउन्डेसनका अधिकारीहरुका बीचमा छलफल भएको थियो ।

उक्त कार्यक्रममा बाल क्यान्सर रोगका बिरामी र उनीहरुका आफन्तलाई जनचेतना जगाउन चिकित्सक तथा नर्सले आफ्नो प्रस्तुतीकरण दिएका थिए ।

यसै अवसरमा अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ तथा कन्सल्ट्यान्ट पेडियाट्रीक हेमाटो–अंकोलोजीष्ट डा. विष्णु रथ गिरीले संक्रमणका कारण जोगाउन सकिने बालबालिकालाई पनि जोगाउन नसकेको बताए ।

डा. गरिले संक्रमण रोकथाममा ध्यान दिन जरुरी भएको बताए ।

“क्यान्सर आफैमा महंगो रोग भएकाले परिवारमा आर्थीक संकट थपिने र त्यस्ता परिवारका लागि स्वास्थ्य मन्त्रालय र वीस नेपालले सहयोग गरिरहेको छ,” उनले भने ।

उनले भर्ना भएका बालकालिकामध्ये करिब ७५ प्रतिशतको उपचारपछि बाल क्यान्सर निको भएको बताए ।

कान्ती बाल अस्पतालका निर्देशक डा. युवा निधी बसौलाले समयमा क्यान्सर रोग पत्ता नलागेका कारण बिरामी अस्पतालसम्म पुग्न नसकेको र यसलाई कम गर्न जनचेतना मुलक कार्यक्रम दिर्घकालिन रुपमा सञ्चालन गर्नुपर्ने बताए ।

अस्पतालका डा. इच्छा ढकालले बाल क्यान्सर संक्रमण रोकथामका लागि सरसफाई र खानपानमा ध्यान दिनुपर्ने बताइन् ।
कान्ति बाल अस्पतालको तथ्यांक अनुसार वार्षिक दुई सय बाल क्यान्सरका बिरामीको उपचार भइरहेको छ ।

चिकित्सकका अनुसार प्रत्येक वर्ष अस्पतालमा ३० देखि ३५ जना नयाँ बिरामीहरु भर्ना हुने गरेका छन् ।
डा. गिरिका अनुसार नेपालभर वर्षमा करिब ५ सय बालबालिकाको क्यान्सर रोगको उपचार भइरहेको छ ।

Leave a Reply