नेपालमा मनाइयो विश्व मुख स्वास्थ्य दिवस

0
37

नेपाल दन्त चिकित्सक संघले विश्व मुख स्वास्थ्य दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

संघले दिवसको अवसर पारेर गलत चिकित्सा अभ्यास गर्ने क्रियाकलापका विरुद्ध सामाजिक सञ्जालमा नागरिक सचेतना अभियान सञ्चालन गरेको छ ।

संघका अध्यक्ष डा. सुभित मास्केले सोही अवसरमा दन्त चिकित्सक, विद्यार्थी र प्राज्ञहरुको सहभागितामा एनडीए फुटसल प्रतियोगिता आयोजना गरिएको जानकारि दिए ।

डा. मास्केले धरान, जनकपुर, चितवन, रुपन्देही लगायत देशका विभिन्न ठाउँमा र्याली समेत आयोजना गरिएको बताए ।

संघको केन्द्रिय समिति र १२ वटा शाखा कार्यालयहरुले विभिन्न प्रदेशमा दन्त स्वास्थ्य शिविर, तस्वीर प्रर्दशनी, रक्तदान, गोष्ठी लगायतका कार्यक्रमहरु आयोजना गरेका छन् ।

प्रत्येक मार्च २० तारिखका दिन विश्वभर उक्त दिवस मनाइने गरिएको छ ।

Leave a Reply