कोरोनासम्बन्धी कुनै स्वास्थ्य समस्या छ? डायल गर्नुहोस् ११५६

0
28

अहिले मुलुकभर कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमितहरुको संख्या बढ्दो छ । छोटो समयमा छिट्टै फैलिने भएकाले अहिले ओमिक्रोनबाट धेरै व्यक्ति संक्रमित भएका हुन् ।

धेरै संक्रामक मानिएको ओमिक्रोन भेरियन्टबाट ठुलो संख्यामा स्वास्थ्यकर्मी तथा चिकित्सकहरु पनि संक्रमित बनेका छन् । यसले अस्पतालमा उपचारका लागि जनशक्तिको व्यवस्थापनामा चुनौती थपेको छ ।

कोरोना संक्रमणको बढ्दो जोखिमका बीच कतिपयलाई गम्भिर स्वास्थ्य समस्या पनि देखिन सक्छ । एकातिर अस्पतालमा स्वास्थ्यकर्मी आफै संक्रमित भइरहेको र अर्कोतिर घरमै बसेर आराम गरिरहेका बिरामीलाई स्वास्थ्य परामर्शको जरुरत पर्ने भएकाले उनीहरुको सहजताका लागि कल सेन्टर सञ्चालनमा ल्याइएको छ ।

नेपाल चिकित्सक संघले सर्वसाधारणलाई पर्न सक्ने स्वास्थ्य समस्या र त्यसबारे परामर्श दिन संघले ११ माघदेखि ११५६ नम्बरको कल सेन्टर संञ्चालनमा ल्याउने लागेको हो ।

संघ, अमेरिका नेपाल मेडिकल फाउन्डेसन र नेपाल टेलीकमको संयुक्त पहलमा बिहान आठ बजेदेखि साँझ आठ बजेसम्मका लागि उक्त सेवा संञ्चालनमा ल्याइएको छ ।

मंगलबारदेखि कोरोनाका संक्रमित वा बिरामीका आफन्तले ११५६ नम्बरमा डायल गरेर परामर्श सेवा लिन सक्नेछन् ।

Leave a Reply