ओमिक्रोन भेरियन्टबाट कसरी बच्ने ?

0
12
विश्व स्वास्थ्य संघठन

मुलुकमा पछिल्ला दिनहरुमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ पुषमा सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १ हजार १६७ जना कोरोना संक्रमित भएका छन् । १२ हजार ६३२ नमुना परिक्षण गर्दा १ हजार १६७ जना संक्रमित भेटिएका हुन् ।

संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । आईतबारसम्ममा मुलुकभरका कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ७५५ छ ।

तर मन्त्रालयले आईतबार सार्वजनिक गरेको तथ्यांकमा संक्रमितमध्ये कति जना ओमिक्रोनबाट संक्रमित भए भन्ने बारेमा जानकारि दिएको छैन ।

ओमिक्रोन भेरियन्टबाट संक्रमित भए वा नभएको थाहा पाउन जिनोम सिक्वेन्सी गरेपछि मात्र थाहा हुन्छ ।
बढी संक्रामक अर्थात छिटो धेरै जनामा सर्ने प्रकृतिको यो भाइरस डेल्टा भन्दा कम खतरनाक भएको बताईँदै आएको छ । यो भेरियन्ट डेल्टाभन्दा ७० प्रतिशत बढी संक्रामक छ ।

ओमिक्रोनको बढ्दो संक्रमणबीच यसबाट बँच्न स्वास्थ्य मन्त्रालयले छुटेकालाई अनिवार्य रुपमा खोप लगाउन आग्रह गर्दै आइरहेको छ ।

मन्त्रालयले स्तनपान गराइरहेका महिलाहरुलाई ढुक्क भएर खोप लगाउन आग्रह गरेको छ ।
खोप लगाउने कामलाई अनिवार्य गर्नका लागि आईतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र(सिसिएमसी)ले सरकारी, कार्यालय, ब्यांक र होटल जाँदा खोप लगाएको प्रमाणपत्र अनिवार्य देखाउनु पर्ने निर्णय गरेको छ ।

यस्तै, ओमिक्रोनको संक्रमणबाट बँच्न भिडभाड कम गर्नका लागि भन्दै सिसिएमसीले अर्को सूचना सार्वजनिक नभएसम्मका लागि सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला नगर्न र नगराउन स्थानिय प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

ओमिक्रोन भेरियन्टबाट संक्रमित पत्ता लगाउन निगरानी, विश्वशनिय र्यापिड टेष्ट र संक्रमित बिरामीका लागि आइसोलेसन र राम्रो हेरचाहको व्यवस्थापन मिलाउनु पर्ने विश्व स्वास्थ्य संघठनका अधिकारिहरुले बताएका छन् ।

Leave a Reply