ओमिक्रोन भेरियन्टपछि फ्रान्स र इटालीमा एकै दिन उच्च संख्यामा भेटिए कोरोना संक्रमित

0
16
तस्वीर: एपी

फ्रान्समा शनिवार कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ । फ्रान्समा शनिवारमा कोरोनाका एक लाख ४ हजार ६११ जना नयाँ संक्रमित फेला परेका हुन् ।

कोरोना संक्रमण शुरु भएयता फ्रान्समा यती धेरै संख्यामा पहिलो पटक कोरोना संक्रमित भेटिएको हो ।

क्रिसमसका दिन अर्थात शनिवार इटालीमा कोरोनाका ५४ हजार ७६२ नयाँ संक्रमितहरु फेला परेको गार्जियनले जनाएको छ । क्रिसमसको अघिल्लो दिन मात्र इटालीमा ५० हजार ५९९ कोरोनाका नयाँ संक्रमित फेला परेका थिए ।

२५ डिसेम्बरमा मेनल्याण्ड चिनमा एकै दिन एक लाख १ हजार ७७ नयाँ संक्रमित फेला परेका छन् ।

यस्तै, अस्ट्रेलियाको साउथ वेल्समा सोहि समयमा ६ हजार ३९४ जनामा कोरोना संक्रमितहरु फेला परेका छन् ।अस्ट्रेलियाको क्विन्सल्याण्डमा कोरोनाका ७१५ नयाँ संक्रमित परेका छन् ।अस्ट्रेलियाकै भिक्टोरियामा कोरोनाका १ हजार ६०८ नयाँ संक्रमित भेटिएका छन् ।

स्रोत: एएफपी

यता नेपालमा भने पछिल्लो २४ घण्टामा १६७ जना नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार सार्वजनिक गरेको तथ्यांक अनुसार ६ हजार ४४७ जनाको नमुना परिक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित भेटिएका हुन् ।

अहिलेसम्म सार्वजनिक भएका अनुसन्धान प्रतिवेदन तथा तथ्यांकहरु अनुसार कोरोना भाइरसको नयाँ भेरियन्ट(उत्परिवर्तक) बढी संक्रामक भए पनि अन्य भेरियन्टभन्दा कम असर गर्ने प्रकृतिको छ ।

Leave a Reply