ओमिक्रोन बढी संक्रामक, तर कम असरयुक्त

0
25
स्रोत: एएफपी

बुधवार सार्वजनिक भएका नयाँ तथ्यांकहरुले कोरोना भाइरसको नयाँ भेरियन्ट(उत्परिवर्तक)देखिएको दक्षिण अफ्रिकामा यसको संक्रमणबाट मृत्यु हुनेको संख्या तिव्र गतिमा वृद्धि नभएको देखाएको छ ।

सार्वजनिक उक्त तथ्यांकले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन बढी संक्रामक भए पनि अन्य भेरियन्टभन्दा कम असर गर्ने खालको भएको देखाएको हो ।

दक्षिण अफ्रिकाको राष्ट्रिय तथ्यांक अनुसार २९ नोभेम्बरदेखि ४ डिसेम्बरसम्मको अवधीमा २१ प्रतिशत मृत्यु हुन्थ्यो । तर ओमिक्रोन भेरियन्ट शुरु भएपछि ५ देखि ११ डिसेम्बरसम्मको अवधीमा मृत्यु २१ बाट बढेर २३ प्रतिशत पुग्यो ।

स्रोत : टेलिग्राफ

यो तथ्यांकले मृत्यु दर उल्लेख्य रुपमा बढ्न नसकेका कारण कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन अन्य भेरियन्ट भन्दा कम खतरनाक भएको देखाएको छ ।

उदाहरणका लागि दक्षिण अफ्रिकामा बढी खतरनाक भनिएको डेल्टा भेरियन्टको छालको समयमा कोरोनाबाट संक्रमित भएका २२ प्रतिशतलाई आईसियु वेड र १० प्रतिशतलाई उच्च खालको सेवा दिएर राख्नु परेको थियो ।

तर, ओमिक्रोन भेरियन्ट फैलिएको अहिलेको समयमा अस्पतालको आइसियुमा भर्ना हुनेको संख्या जम्मा ५ प्रतिशत र उच्च खालको सेवा चाहिनेको संख्या ८ प्रतिशत छ ।

यो तथ्यांकले पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन कम घातक भएको देखाउँछ । तर, ख्याल गर्नुपर्ने कुरा के छ भने यो भेरियन्टबाट कोरोना भाइरस सर्ने दर अन्य भेरियन्टको तुलनामा बढी छ ।

अहिलेसम्मका तथ्यांकहरुले यो भाइरस छिटो सर्ने भए पनि संक्रमित व्यक्तिको स्वास्थ्यमा गम्भिर असर पार्ने सम्भावना कम रहेको देखाएको हो ।

त्यसैले चिकित्सकहरु अझै पनि कोरोना संक्रमणबाट बँच्न सुरक्षित तरिकाले मास्क लगाउन र भिडभाडमा नजान सुझाव दिन्छन् ।

यस्तै, उनीहरुले खोप नलगाएकाहरुलाई तत्काल खोप लगाउन सुझाव दिएका छन् ।

Leave a Reply