चिकित्सा अभ्यासलाई व्यवस्थित गर्न सिपिडि कार्यक्रम लागु हुँदै

0
73

नेपाल मेडिकल काउन्सिलले एक बैशाखदेखि कन्टीनियस प्रोफेसनल डेभलप्मेन्ट (सिपिडी) कार्यक्रम लागु गर्ने तयारि थालेको छ ।

काउन्सिलले ६ मोडुलमा लागु गर्न लागेको कार्यक्रम अन्तर्गत अस्थायी रुपमा दर्ता भएका बाहेक सबै चिकित्सकले सिपिडि तालिम लिनुपर्ने छ ।

चिकित्सकको ज्ञान र सिपलाई परिस्कृत गर्न, बिरामी र चिकित्सकबीच हुने असमझदारि न्यूनिकरण गर्न काउन्सिलले सिपिडी कार्यक्रम लागु गर्न लागेको हो ।

यस्तै, काउन्सिलले औषधि सिफारिस तथा स्वास्थ्य परिक्षणलाई व्यवस्थित गर्न पनि सिपिडी कार्यक्रम लागु गर्ने जनाएको छ ।

नेपाल मेडिकल काउन्सिल, बासँबारि

सिपिडि कार्यक्रममा सहभागि चिकित्सकले पाँच वर्षभित्र एक सय अंक ल्याउनु पर्ने छ ।

एक सयमध्ये अनिवार्य रुपमा ३० अंक ल्याउनु पर्नेछ ।

चिकित्सकले बाँकी ७० अंक आफ्नो व्यवसायीक अभ्यासका क्रममा प्राप्त गर्नेछन् ।

सिपिडि कार्यक्रम अन्तर्गत आवद्ध चिकित्सकले अनिवार्य रुपमा आधारभुत जीवन रक्षा, मेडिकल इथिक्स, संक्रमणको रोकथाम र नियन्त्रण, औषधिको उचित प्रयोगका बारेमा थाहा पाइराख्नु पर्नेछ ।

यस्तै, दन्त चिकित्सकहरुले आपत्कालिन स्वास्थ्य र अभ्यासको व्यवस्थापनका बारेमा ज्ञान राख्नु पर्नेछ ।
काउन्सिलले सिपिडि कार्यक्रममा आवद्ध चिकित्सकलाई कुनै पनि प्रकारको लिखित र प्रयोगात्मक परिक्षा नलिने जनाएको छ ।

चिकित्सकहरुले प्राप्त गरेका शैक्षिक योग्यता, तालिम, विदेशमा अध्ययन गरेर प्राप्त गरेको डिग्रि, लेख, रचना, पुस्तक प्रकाशन र नियमित रुपमा सहभागि हुने सम्मेलन, सेमिनार र वर्कसप लगायतका विषयको आधारमा काउन्सिलले मुल्यांकन गर्ने छ ।

काउन्सिलले सिपिडी कार्यक्रम केन्द्र, प्रदेश र स्थानीय तहमार्फत संञ्चालन गर्ने तयारी थालेको छ ।

यस्तै, काउन्सिलले सिपिडिमा आवद्ध चिकित्सकलाई धेरै आर्थिक भार नपर्ने जनाएको छ ।

काउन्सिलले सुचना जारी गर्दै भनेको छ, “सिपिडी कार्यक्रमका बारेमा कुनै अन्य जानकारि लिनु परेमा काउन्सिलमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।”

Leave a Reply