७६ जिल्लामा कोरोना संक्रमणबाट मृत्यु, धेरै संक्रमितले ज्यान गुमाउने दोस्रो जिल्ला रुपन्देही

0
89

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ३१ बैशाख २०७८ सम्मको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट मुलुकका ७६ जिल्लामा प्रभावित भएको देखाएको छ ।
स्वास्थ्य मन्त्रालयको ३१ बैशाखसम्मको तथ्यांक अनुसार मुलुकका ७६ जिल्लाका नागरिकले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
मुगुमा ३१ बैशाखसम्ममा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छैन ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकले मुलुकमा कोरोना भाइरसका कारण ३१ बैशाखसम्ममा ४ हजार ६६९ जनाले ज्यान गुमाएको देखाएको छ ।
४ हजार ६६९ मध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लामा १ हजार ५५ जनाले ज्यान गुमाएका छन् । कोरोना कारण धेरैले ज्यान गुमाउने दास्रो जिल्ला बनेको छ, रुपन्देही ।
रुपन्देहीमा कोरोना भाइरसका कारण ३१ बैशाखसम्ममा ३१४ जनाले ज्यान गुमाएका छन्, भने ललितपुरमा २८३ र भक्तपुरमा २०९ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसका कारण झापा, मोरङ, सुनसरी, पर्सा, दाङ, बाँके र कैलाली जिल्लामा सय भन्दा बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply