करुणा फाउण्डेसनद्धारा ३० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

0
150

करुणा फाउण्डेसन नेपालले मुलुकका पाँच अस्पताललाई मा ३० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।

फाउण्डेसनले नेदरल्याण्ड्समार्फत सहयोग जुटाएर ३१ बैशाखमा मुलुकका विभिन्न स्थानमा रहेका पाँच अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको हो ।

संस्थाका अध्यक्ष डा. भगवान कोइराला तथा संस्थाका कार्यकारी निर्देशक दीपकराज सापकोटाले धुलीखेल अस्पताललाई आठ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जलाई आठ, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १०, कैलालीस्थित टीकापुर अस्पताललाई दुई, हुम्लास्थित आडारा अस्ताललाई दुई थान सात लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।

करुण फाउन्सडेसनले यथासक्य छिटो थप अक्सिजन कन्सन्ट्रेटर नेपाल ल्याउनका लागि पहल गरिरहेको समेत जनाएको छ ।

संस्थाका कार्यकारी निर्देशक दिपकराज सापकोटाले कोभिड– १९ बाट संक्रमित सिकिस्त बिरामीहरुका लागि अत्यावश्यक अक्सिजनको अभावले उपचारमा कठिनाई उत्पन्न भएको अवस्थामा केहिको जीवन बचाउन सहयोग गर्ने बताए ।

Leave a Reply