हाम्रो सामाजिक जीवनमा रक्सी एक स्थायी साथी जस्तै बनिसकेको छ—साथीसँगको गफगाफ, डेटको झिझक हटाउने वा दिनभरको थकान मेटाउने साधनका रूपमा यसको प्रयोग हुने गर्छ। तर, यदि तपाईं हाल वजन घटाउने प्रयासमा हुनुहुन्छ वा शरीर बनाउने लक्ष्यका लागि क्यालोरिक डेफिसिटमा हुनुहुन्छ भने, रक्सीको सेवन एक चुनौती बन्न सक्छ।
तर चिन्ता नगर्नुहोस्! एकपटक तपाईंले रक्सीले शरीरमा पार्ने प्रभाव बुझ्नुभयो भने र केही स्मार्ट तरिकाबाट रक्सी पिउन सक्नु भयो भने तपाईं आफ्नो फिटनेस लक्ष्यबाट टाढा जानुहुन्न।
👉 रक्सीले तौल घटाउने प्रक्रियामा कस्तो असर पार्छ?
पोषण विज्ञ मारिसा मेशुलामका अनुसार, रक्सीले तपाईंका नियन्त्रण क्षमतामा असर पार्छ, जसले गर्दा तपाईंले आवश्यकता भन्दा बढी खाने वा अस्वस्थ विकल्प रोज्ने सम्भावना बढाउँछ। अर्की विज्ञ तान्या मेझरका अनुसार, रक्सीले रगतमा चिनीको मात्रा घटाउँछ, जसले गर्दा अनावश्यक भोक लाग्ने र नास्ता गर्ने सम्भावना बढ्छ।
र, पिउनु मात्रै होइन, ह्याङओभरले पनि तपाईलाई नियमित एक्सरसाइज र स्वस्थ खाना छाड्न बाध्य बनाउँछ।
👉 तौल घटाउने क्रममा कुन रक्सी छनोट गर्ने?
सामान्य रूपमा, अधिकांश रक्सीमा क्यालोरीको मात्रा लगभग समान हुन्छ। तर समस्या हुन्छ—ककटेलमा मिसाइने चिनी, सिरप र जुसहरूले, जसले सामान्य रक्सीलाई क्यालोरी बममा बदलिदिन्छ।
यस्ता छन् कम क्यालोरीयुक्त रक्सीहरू:
भोड्का: १ सटमा ९७ क्यालोरी (० ग्राम चिनी/कार्ब)
रम: ९७ क्यालोरी
ह्विस्की, बर्बन, स्कच: १०५ क्यालोरी
जिन: ११० क्यालोरी
टेक्विला: १०५ क्यालोरी
च्याम्पेन (४ औंस): ९० क्यालोरी
बियर (१२ औंस): १५३ क्यालोरी
वाइन (५ औंस): १२३ क्यालोरी
बेलीज: १४७ क्यालोरी (९ ग्राम चिनी)
👉 कसरी बनाउने लो-क्यालोरी ड्रिंक?
पोषणविद एमि गोरिनका अनुसार, तपाईंले आफ्नो मनपर्ने ड्रिंकलाई हल्का बनाउने केही सरल उपाय अपनाउन सक्नुहुन्छ:
सोडा वाटर मिलाउनुहोस् – फिज र भोल्युम थप्छ, क्यालोरी बिना।
अधिक बरफ प्रयोग गर्नुहोस् – मात्रा बढाउँछ, क्यालोरी घटाउँछ।
पिउनु अघि र पछि पानी पिउनुहोस् – हाइड्रेशन कायम राख्न मद्दत गर्छ।
डाइट टोनिक वा चिनी रहित मिक्सर प्रयोग गर्नुहोस्।
चिनी, सिरप, जुस वा प्युरे टार्नुहोस्।
👉 यी सुझाव अपनाउनुहोस्, फिट रहनुहोस्
सिधा रक्सी पिउनुहोस् – जस्तै जिन + कागती।
ह्विस्की ट्राइ गर्नुहोस् – पानी वा क्लब सोडासँग मिसाएर।
सामान्य ड्रिंकमा स्मार्ट स्वाप गर्नुहोस् – मोजिटो कम चिनीमा, मर्गरिटा कम अगाभीमा।
फ्रुट र हर्बबाट स्वाद बढाउनुहोस् – जुस होइन, ताजा निबु, बेरी वा तुलसी मिलाउनुहोस्।
रक्सी पूर्ण रूपमा छाड्नैपर्ने भन्ने होइन। तपाईंले सही छनोट गर्नुभयो भने वजन घटाउने लक्ष्यबाट पछि हट्नुपर्ने आवश्यकता पर्दैन। कम क्यालोरीयुक्त विकल्प छान्नुहोस्, बढी चिनी र सिरप टार्नुहोस् र रक्सी पिउँदा पनि फिट रहन सक्नुहुन्छ। आखिर, “स्मार्ट ड्रिंकिङ” नै स्मार्ट फिटनेसको चाबी हो!




