उपचार पोस्ट
लामो समयदेखि चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका डा. गोबिन्द केसीले सरकार आफ्ना मागप्रति गम्भिर नभएको भन्दै सत्याग्रह गर्ने चेतावनि दिएका छन् ।
११ मंसिरमा विज्ञप्ति जारी गर्दै डा. केसीले मा १७ माघसम्म आफ्ना माग पुरा गर्न अल्टिमेटम दिएका थिए ।
भोली उनले दिएको अल्टिमेटमको समय सकिदैछ । १६ पुससम्म उनले राखेका माग पुरा गर्न सरकार तदारुक देखिएको छैन ।
१७ पुसम्म आफ्ना माग पुरा नभए डा. केसीले अनशन बस्ने बताइसकेका छन् । उनले विज्ञप्तीमार्फ बिगतमा गरेका सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्ने लगायतका विषय कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन् ।
सात वटा प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने विषयमा सरकारले पटक–पटक सम्झौता गरे पनि व्यवहारतः लागु नगरि झारा टार्ने काम गरेको डा. केसीको आरोप छ ।
उनले संविधानमा शिक्षा र स्वास्थ्यलाई मौलिक हकका रुपमा समावेश गरे पनि व्यवहारमा पैसा हुनेहरुले मात्र पढ्न र स्वास्थ्य सेवा लिन पाइरहेको तर बिपन्नलाई बञ्चित गरिएको भन्दै आपत्ति जनाएका छन् । यसले गर्दा शिक्षा र स्वास्थ्यमा चरम व्यापारिकरणको समस्या निम्तिएको उनको भनाइ छ ।
विज्ञप्तीमार्फत डा. केसीले भनेका छन्, “मेडिकल शिक्षामा नाफाखोरी रोक्ने हो भने १० वर्ष भित्र सरकारीकरण गर्नुपर्छ । विधेयकको प्रस्तावित संशोधनमा १० वर्षमा मेडिकल शिक्षालाई गैरनाफामुलक बनाउने कदम स्वागतयोग्य छ । तर गैरनाफामुलक भनेको के भनेर प्रस्ट नखुलाएसम्म चलखेल गर्ने ठाउँ रहन्छ ।”
्




