स्वास्थ्य सचिवमा चौधरी, प्रसुती गृह निर्देशकमा गौतम

0
42

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. पुष्पा चौधरी स्वास्थ्य सचिवमा नियुक्त भएकी छन् । १३ पुसमा बसेको मन्त्रिपरिषदको बैठकले डा. चौधरीलाई सचिव बनाउने निर्णय गरेको हो ।

बरिष्ठताको आधारमा एक नम्बरमा रहेकी प्रमुख विशेषज्ञ चौधरीले गएको १८ मंसिरमा डा. किरण रेग्मीले अवकाश पाएपछि निमित्त सचिवको कार्यभार सम्हाल्दै आएकी थिइन् ।

यसअघि उनले स्वास्थ्य सेवा विभागमा महानिर्देशक, परिवार स्वास्थ्य महाशाखामा निर्देशक र प्रसूतिगृह अस्पतालमा निर्देशकको रुपमा जिम्मेबारी सम्हालेकी थिइन ।

यस्तै, थापाथलीको प्रसूतिगृह अस्पतालको निर्देशकमा पुनः डा. जागेश्वर गौतम आएका छन् । गएको पुस २६ गते निर्देशक पदबाट राजिनामा दिएर ओम अस्पतालमा काम गर्न गएका उनी पुनः १३ पुसदेखि अस्पताल फर्केका हुन् ।

स्वास्थ्यमन्त्री दीपक बोहराले १२ पुसमा निर्णय गरेर डा. गौतमलाई अस्पतालको निर्देशकमा पुनः नियुक्त गर्ने निर्णय गरेका हुन् । उनले अस्पतालबाट राजीनामा दिए पनि मन्त्रालयले उनको राजीनामा स्वीकृत गरेको थिएन ।

Leave a Reply