कोरोना भाइरसका कारण सोमबार सर्वाधिक १३९ जनाको मृत्यु, ४००७ जना निको

0
106
स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ।

मुलुकमा कोरोना भाइरस महामारिका कारण सोमबार सबैभन्दा धेरै १३९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २७ बैशाख २०७८ मा सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण १३९ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ९ हजार २७१ जना संक्रमित भएका छन् ।

इन्फोग्राफिक्स : प्रमोद आचार्य

१७ हजार ६२३ जनाको पिसिआर र ७८८ जनाको एन्टीजिनबाट परिक्षण गर्दा ९ हजार २७१ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

यससँगै अहिलेसम्म मुलुकमा कोरोनाबाट चार लाख ३ हजार ७९४ जना संक्रमित भएका छन्, भने कुल ३ हजार ८४९ जनाको मृत्यु भएको छ ।

पछिल्ला दिनहरुमा मुलुकमा कोरोना संक्रमितहरुको संख्या बढेसँगै अस्पताल भरिएपछि सिकिस्त बिरामीले उपचार सेवा नपाउँदा ज्यान गुमाइरहेका छन् ।

Leave a Reply