मेडिकल काउन्सिलबाट लाइसेन्स लिने डाक्टरको संख्या २३ हजार नाघ्यो

0
473

उपचार पोस्ट

नेपाल मेडिकल काउन्सिलबाट २३ हजार सात सय ५१ डाक्टरले लाइसेन्स लिएका छन् ।
मेडिकल काउन्सिलको ३१ डिसेम्बर २०१८ सम्मको तथ्याङ्क अनुसार लाइसेन्स लिने डाक्टरको संख्या २३ हजार सात सय ५१ पुगेको हो ।

काउन्सिलबाट लाइसेन्स लिएका २३ हजार सात सय ५१ मध्ये २१ हजार ३३ एमबीबीएस, दुइ हजार सात सय १८ बिडिएस(डेन्टल) र ६ हजार आठ सय ८६ विशेषज्ञ तहको अध्ययन पुरा गरेका डाक्टर छन् ।

काउन्सिलले प्रत्येक वर्ष विभिन्न चरणमा लिने लाइसेन्स परिक्षामा सहभागि भएर पास भएपछि मात्र लाइसेन्स पाइने व्यवस्था छ ।

काउन्सिलले जाँच पास गरेका डाक्टरलाई दर्ता नम्बरसहित लाइसेन्स उपलब्ध गराउँदै आएको छ । काउन्सिल ऐन, २०२० अनुसार लाइसेन्स लिएका डाक्टरले मात्र बिरामी जाँच्न पाउँछन् । काउन्सिलले लिने लाइसेन्स जाँच फेल भएमा बिरामी जाँच्न पाइदैन ।

डेन्टल डाक्टरमा महिला बढी

मेडिकल काउन्सिलबाट लाइसेन्स लिएका डेन्टलका दुइ हजार सात सय १८ डाक्टरमध्ये एक हजार सात सय १९ महिला र ९ सय ९९ पुरुष छन् ।

एमबीबीएस डाक्टरमा भने पुरुषको संख्या अत्यधिक बढी छ । काउन्सिलको तथ्याङ्क अनुसार एमबीबीएसका कुल २१ हजार ३३ डाक्टरमध्ये लाइसेन्स लिएका पुरुषको संख्या १४ हजार एक सय २६ छ । महिला डाक्टरको संख्या ६ हजार ९ सय सात छ ।

यस्तै, विशेषज्ञ डाक्टरको रुपमा लाइसेन्स पाएका ६ हजार आठ सय ८६ मध्ये चार हजार ९ सय ४० पुरुष र एक हजार ९ सय ४६ महिला छन् ।

Leave a Reply