राजबिराजमा बृहत स्वास्थ्य शिविर हुँदै

0
39

उपचार पोस्ट

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाली सेनासंगको सहकार्यमा सप्तरीको राजबिराजमा सर्जरी सहितको बृहत निःशुल्क स्वास्थ्य शिविर संञ्चालन गर्ने भएको छ ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको निर्वाचन क्षेत्र समेत रहेको सप्तरीमा आउँदो फागुनको पहिलो साता शिविर राख्ने तयारी गरिएको हो ।

मन्त्रालयको नीति योजना महाशाखा प्रमुख डा. विकास देवकोटाले शिबिरमार्फत सामान्य उपचारदेखि शल्यक्रियासम्मको सेवा दिइने बताए ।

शिविर संञ्चालन गर्नुअघि प्रारम्भिक अध्ययन गर्न १८ पुषमा राजविराज पुगेर त्यहाँको जिल्ला अस्पतालसँग कस्ता–कस्ता रोगको शिविर संञ्चालन गर्ने भन्ने बारेमा टुङ्गो लाग्ने बताए ।

दुई वर्षअघि मन्त्रालयले सेनासँगको सहकार्यमा रौतहटको गौरमा पनि निःशुल्क स्वास्थ्य शिविर संञ्चालन गरेको थियो ।

Leave a Reply