विभिन्न अस्पतालद्धारा २१ कर्मचारी माग

0
145

काठमाडौंका अस्पतालले विभिन्न पदमा २१ कर्मचारी माग गरेका छन् ।

नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पताल प्रा.लीले एक मार्केटिङ अफिसर, एक पिआर अफिसर, एक म्याट्रोन, तीन स्टाफ

नर्स, दुई क्यासियर र एक जना शल्यक्रिया कक्षमा काम गर्ने अफिसर माग गरेको छ । अस्पतालले आफ्नो ठेगानामा योग्य व्यक्तिले आवेदन दिन सक्ने जनाएको छ ।

मेट्रो काठमाडौं अस्पतालले पनि दुई जना फ्रन्ट डेस्क अफिसर माग गरेको छ । योग्य व्यक्तिले आवेदन दिन सक्ने अस्पतालले जनाएको छ ।

यस्तै, निदान अस्पतालले पनि विभिन्न कर्मचारीको माग गरेको छ । अस्पतालले शल्यक्रिया कक्षमा काम गर्न दुई, आइसियुमा काम गर्न चार र जनरल वार्डमा काम गर्न दुइ जना स्टाफ नर्स माग गरेको छ ।

निदानले एक अकाउन्टेन्ट र एक जना एडमिन एसिसट्यान्ट समेत माग गरेको छ । अस्पतालले योग्यता पुगेका दक्ष नेपाली नागरिकलाई दरखास्त दिन आह्वान गरेको छ ।

निदानले अस्पतालको मानव शंसाधन विभागमा बायोडाटा र शैक्षिक प्रमाणपत्रसहित सम्पर्क राख्न भनेको छ ।

Leave a Reply