शंकरापुर अस्पतालमा सुत्केरीको मृत्यु, चिकित्सकलाई कारवाहि नगर्ने अस्पतालको अडान

0
56

सुरज बिश्वकर्मा

शंकरापुर अस्पतालले प्रसूति गराउने क्रममा सुत्केरीसहित शिशुको मृत्यु भएको घटनामा संलग्न भनिएका चिकित्सकलाई कारबाही नगर्ने बताएको छ ।

अस्पतालको ‘लापरबाही’का कारण आमा र बच्चाको मृत्यु भएको दाबी गर्दै आएको पीडित परिवारले घटनाबारे अस्पताल गैरजिम्मेवार बनेको भन्दै कानुनी लडाई लड्ने बताएका छन् ।

काठमाडौं थलीकी २५ वर्षीया प्रभा ढुंगानाको गएको मंगलबार गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित शंकरापुर अस्पतालमा प्रसूतिका क्रममा मृत्यु भएको थियो ।

आमा र बच्चा दुबैको मृत्यु भएपछि आक्रोशित मृतकका परिवार तथा आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका थिए । दबाब परेपछि अस्पतालले छानबिन समिति गठन ग¥यो ।

उपचारका क्रममा भएको मृत्यु भएकोबारे सत्य–तथ्य छानबिन गर्न अस्पतालका कार्यकारी निर्देशक डा. रमेश ढकालको नेतृत्वमा छानबिन समिति गठन भएको थियो ।

निर्देशक ढकालले ३५ दिनभित्र घटनाबारे निष्पक्ष छानबिन गरेर सत्य–तथ्य बाहिर सार्वजनिक गर्ने बताएका छन् ।
मृतकको उपचारका संलग्न डा. कविता अधिकारीलाई कारबाही हुने बताइएको थियो । तर यसबारे जिज्ञासा राख्दा निर्देशक डा. ढकालले सम्बन्धित चिकित्सकलाई कुनै कारबाही नहुने बताएका छन् । उनी भन्छन्, चिकित्सकलाई कारवाहि गर्ने वा नगर्ने भन्ने बारेमा नेपाल मेडिकल काउन्सिलसँग निर्णय गर्ने अधिकार छ ।

यता पिडित परिवारले अस्पतालले उपचारमा संलग्न डाक्टरलाई कारवाहि नगरे कानुनी लडाई लड्ने बताएका छन् ।

Leave a Reply