अब क्यान्सरको फैलावटबारे भविष्यवाणी गर्न सकिने

0
161

बैज्ञानिकहरुले क्यान्सरको उत्पत्ति र फैलावटबारे अनुसन्धान गर्न आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेका छन् ।

बेलायतको इन्स्टिच्युट अफ क्यान्सर रिसर्च (आइसीआर ) र एडिन्बर्घ युनिभर्सिटीको संयुक्त टोलीले आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट क्यान्सर उपचारमा नयाँ विधिको बिकास गरेका हुन् ।

अनुसन्धानकर्ताहरुले उक्त नयाँ विधिलाई ‘रिभल्भर’ (दोहोरियर हुने क्यान्सर) भनेर नामाकरण गरेका छन् ।

अनुसन्धानकर्ताहरुले डीएनएको प्याटर्न हेरेर जीनमा भबिष्यमा हुन सक्ने परिबर्तनबारे थाहा पाउन सकिने बताएका छन् ।

तर क्यान्सरका परिवर्तनशिल कोषहरुले औषधि प्रतिरोधी तत्व निर्माण गर्ने भएकाले यो विधिबाट उपचार गर्न भने जस्तो सजिलो छैन ।

अनुसन्धानकर्ताहरुले एक सय ७८ जना बिरामीका सात सय ६८ नमुना ट्युमरबाट फोक्सो, स्तन, मृगौला लगायतका क्यान्सरको पहिचान र तुलना गर्दा भबिष्यमा हुने परिबर्तन आंकलन गरि उपचार गर्न सकिने बताएका छन् ।

डाक्टरहरुले यहीँ विधिबाट स्तन क्यान्सर कहिले हुन्छ भन्ने बारे पत्ता लगाउन सके भने क्यान्सरको उत्पत्ति वा बृद्धिलाई रोकेर बिरामीलाई धेरै समयसम्म बचाउन सक्नेछन् ।

आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगको प्रयोगबाट क्यान्सर उपचारमा प्रभावकारि भूमिका खेल्न सक्ने अपेक्षा गरिएको छ ।

स्रोत ः बिबिसी

 

Leave a Reply