मेडिकल काउन्सिलले अध्ययन कार्यदलमा पदाधिकारि तोक्यो

0
687

इलाम–पाँचथर, उदयपुर र डडेल्धुरा–डोटीमा सरकारी मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न गठित कार्यदलमा नेपाल मेडिकल काउन्सिलले सदस्य डा. विश्व दवाडीलाई प्रतिनिधि तोकेको छ ।
आईतबार १७ भदौमा मेडिकल काउन्सिलका रजिष्टार डा. दिलिप शर्माले सदस्य डा. दवाडीलाई सम्भाव्यता अध्ययन गर्न गठित कार्यदलमा काउन्सिलका तर्फबाट प्रतिनिधि तोकेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको कार्यदलमा काउन्सिलका तर्फबाट प्रतिनिधि तोकिएसँगै चार जिल्लामा मेडिकल कलेज खोल्ने विषयमा सम्भाव्यता अध्ययन शुरु हुने भएको छ ।

१० साउन २०७५ मा नेपाल सरकार र डा. गोविन्द केसीका बीच इलाम–पाँचथर, उदयपुर र डडेल्धुरा–डोटीमा सरकारी मेडिकल कलेज स्थापनाका लागि एक महिनाभित्र सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो ।

सहमतिका आधारमा शिक्षा मन्त्रालयले काउन्सिललाई कार्यदलका लागि प्रतिनिधि तोक्न गएको १५ भदौमा निर्देशन दिएको थियो ।

२९ साउन २०७५ मा शिक्षा मन्त्रालयले मन्त्रीस्तरिय निर्णय गरेर प्रा.डा. मधुसुधन सुवेदीको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरेको थियो ।

Leave a Reply