बिराटले अनुगमनका क्रममा उभ्याएका ३० खडेबाबा

0
41

नेपाल मेडिकल काउन्सिलको टोलीले शैक्षिक सत्र २०७४/०७५ का लागि विराट मेडिकल कलेजको अनुगमन ग¥यो । अनुगमनका क्रममा मेडिकल काउन्सिलमा विराटको बारेमा उजुरी परेको थियो । त्यसै क्रममा सिट निर्धारण गर्न अनुगमन हुँदा बिराटले एमबिबिएस विषय पढाउन कलेजमा ३९ नक्कली फ्याकल्टी खडा गरेको (खडेबाबा) भेटियो ।

काउन्सिलको अनुगमनका क्रममा कलेजले २० भारतीय नक्कली फ्याकल्टी खडा ग¥यो । कलेजले अनुगमनका क्रममा भारतीय डाक्टहरु रामनरेश सिंह, संगिता भट्टचार्य, एसएन ठाकुर, सहजनन्द कुमार, एस.के जैसवाल, रुद्र किसोर देव, सुजता देव, रामनुजाम सिंह, बिश्वजीत कुमार, अवद्य किशोर प्रसाद र एस.एम राजुलाई फ्याकल्टी भनेर खडा ग¥यो । यस्तै पी. विश्वास, सोपन कुमार रोय, राज कुमारी, श्रीपद जे.वालाभल्कर, पिके चौधरी, टिएन शर्मा, केपी सिंह, अनिल कुमार र अमर सिंह पनि काउन्सिल अनुगमनका क्रममा उभ्याइएका भारतीय खडेबाबा हुन् ।

काउन्सिलको अनुगमनका बेला उभ्याइएका नक्कली नेपाली फ्याकल्टीहरुमा डाक्टरहरु ध्रुबकुमार उप्रेती, मिरा थापा, गोविन्दप्रसाद शर्मा, रबिनराज सिंह, समिर भट्टराई, निकेशराज श्रेष्ठ, केशरबहादुर गुरुङ, अरबिन्द पोखरेल, दिलिपकुमार साह, अनिस घिमिरे, दिवशराज भण्डारी, बिनय लामिछाने, बरुण देभ, मनिस अग्रवाल र सुधिर गिरि छन् ।

यी डाक्टरहरु बिराट मेडिकल कलेजका पूर्णकालिन फ्याकल्टी नभएको काउन्सिलको अनुगमनका क्रममा भेटियो । १५ डाक्टरहरुलाई कलेजले ‘क्लिनिकल साईन्स’ विभागमा काउन्सिलको अनुगमनका क्रममा फ्याकल्टी बनाएर खडा गरेको थियो । यस्तै कलेजले बेसिक साईन्स विभागमा पनि अनुगमनका क्रममा नक्कली फ्याकल्टी देखायो ।

डाक्टरहरु सन्तोष दाहाल, रिना राना, प्रिजा पौडेल र प्रवेश गौतम कलेजले बेसिक साईन्स विभागमा खडा गरेका नक्कली फ्याकल्टी हुन् । एमबिबिएस तहमा विद्यार्थी संख्या निर्धारण गर्ने एउटा आधार फ्याकल्टी मेम्बर पनि भएकाले कलेजले काउन्सिलको अनुगमनका बेला नक्कली फ्याकल्टी खडा गर्छन् ।

बिराट मेडिकल कलेजमा पूर्णकालिन भएर काम नगर्ने डाक्टरहरु काउन्सिल अनुगनका बेला नक्कली फ्याकल्टी बनेर खडा भएका थिए । कलेजले काउन्सिलको अनुगमनका बेला उभ्याइएका यी फर्जि प्रध्यापकलाई खडा गरे बापत रु. एक लाखसम्म दिएको बताईन्छ ।

मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटा बिराट र नोबेल मेडिकल कलेजको पूर्वाधार र फ्याकल्टी नपुगेपछि केयूले दिएको सिट कटौती गरेको बताउँछन् । बास्कोटा भन्छन्, “पूर्वाधार र जनशक्ति नपुगेका कलेजलाई जस्तोसुकै दबाब आए पनि सिट बढाउन सकिदैन ।”

Leave a Reply