स्तन क्यान्सर हुनै नदिने उपाय

1
214
Woman with breast cancer awareness ribbon

स्तनको क्यान्सर महिलाहरुमा सबैभन्दा वढि देखिने क्यान्सर मध्ये एक हो । तर क्यान्सरकै कारणले मृत्यु हुनेमा स्तन क्यान्सर प्रमुख होइन । सामान्यतया प्रत्येक वर्षमा दश जना महिलाहरुमा एक जनालाई स्तन क्यान्सर हुन्छ ।
यहाँ स्तन क्यान्सरको बारेमा तपाईहरुलाई बुझ्न, निदान गर्न र उपचार गर्न सहयोग गर्नेछ ।

क्यान्सरको कारणहरु
हाम्रो शरीर स–साना कोषहरुले बनेको हुन्छ । सामान्य कोषहरु बढ्ने र मर्ने नियन्त्रित तरिकाबाट हुन्छ । कहिलेकाही कोषहरु अनियन्त्रित तरीकाले बिभाजित हुने र बढ्ने काम हुन्छ, यसैलाई ट्युमर भनिन्छ । यदि ट्युमर कोषको वरिपरि र शरीरको अरु भागमा आक्रमण नगरे यसलाई बेनाईजीन ट्युमर भनिन्छ । यो ट्युमर एकदमै कम खतरा हुन्छ । यदि ट्युमर विभिन्न कोषहरुमा असामान्य तरिकाले फैलिएर कोषहरुलाई टुक्रयाउने, आक्रमण गर्ने र मार्छ भने त्यसलाई मालिग्नान्ट ट्युमर अथवा क्यान्सर भनिन्छ । यसले मानव स्वास्थ्यलाई हानी पु¥याउने सम्भावना हुन्छ ।

क्यान्सर कोषहरु शरीरका विभिन्न भागहरुमा रक्तनलीहरु र लिम्पानलीहरुबाट फैलिन सक्छ । लिम्पा सफा तरल पदार्थ हो, जसले कोषमा रहेको फोहोरलाई निकाल्छ । सिमिका आकार जस्तो बनावट भएकालाई लिम्फा नोड्स भनिन्छ । यो कोषमा रहेको फोहोर विशेष नलीबाट लिम्पाको गिर्खामा जम्मा र रक्तनलीमा जान्छ ।

क्यान्सरको उपचारमार्फत कोषको असामान्य वृद्धिलाई रोक्न सकिन्छ । शरीरको कुन भागमा शुरु भयो भन्ने आधारमा क्यान्सरको नामाकरण गरिन्छ । स्तनमा शुरु भएको क्यान्सरलाई स्तन क्यान्सर भनिन्छ । स्तन क्यान्सरको कोषले शरीरको अन्य भाग जस्तै कलेजो, हड्डी वा मष्तिस्कमा सरेर आक्रमण गरे पनि यसलाई स्तनको क्यान्सर नै मानिन्छ ।
डाक्टरले क्यान्सर कुन ठाउँवाट शुरुवात भएको हो भन्ने पत्ता लगाए पनि क्यान्सर के कारणले भयो थाहा नपाउन पनि सक्छन् । कोषमा वंशाणुगत तत्व हुन्छ, जसलाई ‘क्रोमोजोम’ जीन भनिन्छ क्रोमोजोमले कोषको वृद्धिलाई नियन्त्रण गर्छ ।

कोषको वृद्धि र विकास यहि क्रोमोजोममा निर्भर हुन्छ । यदि यो वंशाणुगत क्रोमजोममा असामान्य परिर्वतन भएमा कोषको विकासमा नियन्त्रण नहुन सक्छ । धेरै कारणबाट यस्तै परिवर्तनहरु हुन्छ । वंशाणुगत गुणको साथसाथै विभिन्न संक्रमण, औषधि, सुर्तीजन्य पदार्थ, रसायन लगायतका कारणबाट यो परिवर्तन हुन सक्छ ।

स्तनको बनावट
स्तन बोसे तन्तु र ग्रन्थी मिलेर बनेको हुन्छ । ग्रन्थीहरुले दुध उत्पादन गर्छन । ग्रन्थीहरुले महिलाहरुमा हर्मोन जस्तै इस्ट्रोजन र प्रोजेस्टेरोन उत्पादन पनि गर्छ । दुध विशेष नलीद्वारा मुन्टासम्म पुग्छ । लिम्पा ग्रन्थी प्रणालीले स्तनमा उत्पादन हुने तरल पदार्थलाई काखीमुनी र यसपछि रक्तसंञ्चारसम्म पु¥याउँछ । स्तन मुनी महत्वपुर्ण मांशपेशीका हुन्छ जसले पाखुरा चलाउन र श्वास प्रश्वासमा समेत मद्दत पु¥याउँछ ।

स्तन क्यान्सर

स्तन क्यान्सर स्तनको ग्रन्थी वा दुधको नलीवाट उत्पादन हुन्छ । लोबुल्सहरु दुध उत्पादन गर्ने मुख्य ग्रन्थी हुन । ग्रन्थीवाट उत्पन्न क्यान्सरलाई लोवर कार्सिनोमा भनिन्छ । यदि दुधकोनलीबाट क्यान्सर भएको छ भने यसलाई डक्टल कार्सिनोमा भनिन्छ ।

क्यान्सर उत्पन्न भएको ठाउँबाट चारैतिर फैलियो भने यसलाई इन्फिल्टे«ेटिङ वा इन्भासिभ क्यान्सर भनिन्छ । यदि क्यान्सर ग्रन्थी वा नलीहरुबाट बाहिर जादैन भने यसलाई इन–सिटु कार्सिनोमा भनिन्छ ।

स्तन क्यान्सर एउटै परिवारमा एकभन्दा बढीलाई पनि हुन सक्छ । यो क्यान्सरलाई पारिवारिक क्यान्सर पनि भनिन्छ । यसमा वंशाणुगत कारण बढि जिम्मेवार रहन्छ । अहिले स्तन क्यान्सर पारिवारिक बंशाणुको कारण भए÷नभएको जाँच गर्न सकिन्छ । परिवारमा स्तन क्यान्सर भए जेनेटिक परामर्श तथा जाँचबाट थाहा पाउन सकिन्छ ।

चिन्ह तथा लक्षण
स्तन क्यान्सरको शुरुवातमा केहि लक्षण नहुन पनि सक्छ । क्यान्सर बढ्दै गएपछि स्तनमा गिर्खा देखापर्छ । कहिलेकाहीं स्तनको वरिपरिको छाला परिवर्तन भई चाउरी पर्छ । स्तनको मुन्टोबाट फोहोर या रगत निस्कन पनि सक्छ । धेरैजसो स्तन क्यान्सर आफै जाँच गरेर वा म्यामोग्राम गरेर पत्ता लगाउन सकिन्छ ।

उपचार
जब स्तनमा गिर्खा भेटिन्छ, सर्जन अथवा क्यान्सर रोग विशेषज्ञले स्तनको गीर्खाबाट सानो सुइ राखेर केही कोषीका निकाल्ने वा सामान्य शल्यक्रिया गरेर त्यसबाट कोष तथा तन्तु निकालेर प्रयोगशालामा पठाउँछन् । प्रयोगशालाका प्याथोलोजिष्टले क्यान्सर परीक्षण गर्छन् । आवश्यक परेमा थप विशेष जाँच पनि गर्दछन् । क्यान्सर प्रमाणित भएमा सर्जन वा क्यान्सर रोग विशेषज्ञले थप जाँचका लागि सल्लाह दिन्छन् ।

प्रयोगशालाको जाँचबाट क्यान्सरका कोष सामान्य स्तनको कोषभन्दा कति छिटो बढ्दैछ भनेर पत्ता लगाउन सकिन्छ । इस्ट्रोजन र प्रोजेस्टेरोन रिसेप्टर टेस्टबाट महिलामा हुने इस्ट्रोजन र प्रोजेस्टेरोनको प्रभावको पत्ता लगाउन सकिन्छ । यस्तै अल्ट्रा–सोनोग्राम, बोन स्क्यान, सिटि स्क्यानबाट पनि स्तन क्यान्सरबारे जाँच्न सकिन्छ । यो जाँचले क्यान्सर स्तनभन्दा बाहिरि भागमा जस्तै काखी वा शरीरको अन्य भागमा फैलिएको छ÷छैन भनि थाहा पाउन सकिन्छ ।

डा. कपेन्द्र सेखर अमात्य ,क्यान्सर रोग विशेषज्ञ

Leave a Reply